जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय तनहुँमा !!!
नेपालको ७५ जिल्ला मध्ये एक जिल्लाको रुपमा रहेको तनहुँ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा पर्दछ । यो जिल्ला राजधानी काठमाडौंबाट ११० कि.मि. पश्चिम र पोखराबाट ४९ कि.मि. पूर्वमा अवस्थित छ । यस जिल्लाको सदरमुकाम दमौली रहेको छ । यो जिल्ला करिब १५४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्र तहबाट न्यूनतम २०० मिटर र अधिकतम २३२५ मिटर उचाईमा रहेको यो जिल्ला अक्षांश २७0७४" उत्तर देखि २८0१३" उत्तरसम्म र देशान्तर ८३0९४ पूर्व देखि ८४0५६" सम्म रहेको छ ।
नेपाल सरकार, शिक्षा मन्त्रालय तथा शिक्षा विभाग अन्तर्गत शिक्षा कार्यालय तनहुँ सदरमुकाम दमौलीको व्यास नगरपालिका वार्ड नं. २ मा पृथ्वी राजमार्बागबाट करिब २०० मिटर दक्षिणमा अवस्थित छ । जिल्ला शिक्षा कार्यालय अन्तर्गत १७ वटा स्रोतकेन्द्रहरु रहेका छन् भने ३४७ वटा वाल विकास केन्द्र तथा २१ सामुदायिक अध्ययन केन्द्रहरु रहेका छन् । सामुदायिक तथा संस्थागत गरी करीब ७०० विद्यालयहरु यस जिल्लामा अवस्थित छन् ।
परिपत्र तथा सूचना
- राष्ट्रिय बाल दिवस २०७५ भाद्र २९ काे अवसरमा निवन्ध प्रतियाेगिता सञ्चालन गर्न सवै माध्यमिक विदयालयहरुलाइ शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको सूचना
- अा व २०७४।०७५ मा शिक्षक सेवा अायाेगकाे विज्ञापनसँग सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइको सूचना
- बैठकमा उपस्थित हुने सम्बन्धमा ।
- भर्ना अभियान २०७५
- विद्यार्थी भर्ना कार्यक्रम २०७५ सम्वन्धमा सवै सरोकारवालाहरुलाई जिल्ला शिक्षा कार्यालय तनहुँको अनुरोध थप हेर्नुहोस
